बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

ज्ञानेन्द्र जस्ताको त सातो लियौं भने केपी ओली कहाँका हुन् ? : माधब नेपाल


  • आइतबार, फाल्गुन २ २०७७
11.3K
SHARES

फाईल तस्बिर

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सबैको मुटु छामेको बताएका छन् । ज्ञानेन्द्र जस्ताको त सातो लियौं भने केपी ओली कहाँका हुन् भन्ने कडा टिप्पणी समेत गरेका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले प्रचण्ड माधव समूहकी नेतृ झाँक्रीलाई २९ माघमा पक्राउ गरेको थियो भने साँझ रिहा गरेको थियो । ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको तर देशभर आगो लाग्ने स्थिति भएपछि सरकारले डराएर साँझ नै छाडेको नेता नेपालले बताए ।

प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘यो सबैको मुटु छामेको हो । रामकुमारीलाई पहिले समात्ने, अनि माधवकुमार नेपाल र पुष्पकमललाई गिरफ्तार गर्ने योजना रहेछ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा