शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

कोमामा गएजस्तो देखिने कांग्रेस बोल्यो,भोलिको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल


  • आइतबार, फाल्गुन २ २०७७
9K
SHARES

फाईल तस्बिर

सरकारमा भएका र बाहिर रहेका कम्युनिष्टहरु आन्दोलको प्रतिस्पर्धा गरिरहेका बेला कांग्रेसको भुमिका जनताले खोजी रहेका थिए, जनताले कांग्रेस कोमामा गएको टिप्पणि गरिरहेका बेला,प्रतिनिधि सभा बिघटनको बिरोधमा कांग्रेस पनि आन्दोलीत हुने संकेत देखाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनविरुद्धको कांग्रेसले सोमबार गर्ने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । देउवाले आज वक्तव्य जारी गरी प्रतिनिधिसभा विघटनको कदमविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेका हुन् ।

देउवाले वक्तव्यमा भनेका छन्, “केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपिल गर्दछु ।”

वक्तव्यमा संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागितासाथ सम्पन्न भएको भन्दै देउवाले अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा