प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा लुम्बिनी केवलकारको शिलान्यास पछी, सम्बोधनको क्रममा आफ्नो समूहका विष्णु पौडेलको खुलेर तारिफ गरे ।
पौडेलतर्फ देखाउँदै उनले भने–आज विष्णु पौडेलको नाक हेर्नुहोस त, कत्रो भएको छ ?’
ओलीले भने,‘आफ्नो निर्वाचन क्षेत्रमा भएको भएर विष्णु पौडेलको नाक हेर्नुहोस त, आफ्नो प्रदेशमा भएको भएर मुख्यमन्त्रीको अनुहार हेर्नुहोस त, मुस्कुराहट कस्तो छ ?’
बुटवल केबलकारले धार्मिक, साँस्कृतिक, रोजगारीलगायतका क्षेत्रमा उल्लेख्य सफलता प्राप्त हुने ओलीको भनाइ थियो । उनले निजी क्षेत्रसँगको सहकार्यमा देशको विकास र समृद्धि हाँसिल गर्ने पनि बताए ।
लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुन लागेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।