भारतको आन्ध्र प्रदेशमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् ।
दुर्घटना कर्नुल जिल्लाको मदरपुर गाउँमा आइतबार बिहान चार बजेतिर भएको हो । दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको छ । यी सबै चित्तुर जिल्लाको मदनपल्ले भन्ने स्थानबाट अजमेर तीर्थयात्रामा जाँदै थिए ।
तीर्थयात्री सवार बस अनियन्त्रित हुँदै विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।
कर्नुल जिल्ला प्रहरीका अनुसार बसमा १८ जनामध्ये चारजना बच्चा बाँचेका छन् । उनीहरुमध्ये दुई जना बच्चाको अवस्था गम्भीर छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।