तपालाई आजको राशिफल प्रस्तुत गर्दै छौ, राशिफलले जे जस्तो भने पनि तपाईको दिन शुभ बितोस ।
मेष:
मेष राशिको लागि यसपालिको प्रेम दिवस खुसिले परिपूर्ण रहनेछ । प्रेमको समस्या हटेर जानेछ । आजको दिन उत्साहपूर्ण रहनेछ ।
बृष : वृष राशिको लागि यसपालिको प्रेम दिवसमा प्रेमीले मनको कुरा भन्न पाउनेछन् । आजको दिन उत्साहित र रोमान्टिकपूर्ण रहनेछ ।
मिथुन:मिथुन राशिको लागि यसपालिको प्रेम दिवसमा वाणीमा सम्यमता नअपनाए प्रेम र मनोरञ्जनमा उलझनको सामना गर्नु पर्ला ।
कर्कट:कर्कट राशिको लागि यसपालिको प्रेम दिवसमा टाढिएका साथी नजिकिनेछन् । नयाँ व्यक्तिको पहिचान पनि हुनसक्छ ।
सिंह :सिंह राशिको लागि यसपालिको प्रेम दिवस सामान्य रहनेछ । यति धेरै मायाँ गर्ने साथी पाउनु भएकोमा तपाईं खुसी हुनु होस् ।
कन्या: कन्या राशिको लागि यसपालिको प्रेम दिवसमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिने र अरूलाई प्रभावित बनाउन सक्नुहुन्छ ।
तुला : तुला राशिको लागि यसपालिको प्रेम दिवसले थप उत्साह र ऊर्जा प्रदान गर्नेछ । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराऊन सक्छन् ।
वृश्चिक: वृश्चिक राशिको लागि यसपालिको प्रेम दिवसले आउने प्रेमका बाधा हटेर जानेछ । तपाईंलाई कसै कसैले उपहार दिन सक्छन् ।
धनु: धनु राशिको लागि यसपालिको प्रेम दिवसले भावनात्मक कमजोरी बनाउन सक्छ, तर साँझमा साथीले सरप्राइज दिन सक्छन् ।
मकर: मकर राशिको लागि यसपालिको प्रेम दिवसमा नयाँ ठाउँको रमाईलो यात्रा हुनेछ । पूरै दिन रोमांटिकमय हुने र खर्च पनि बढ्ने हुन सक्छ ।
कुम्भ: यसपालिको प्रेम दिवसमा अकस्मात कसैले प्रेम प्रास्ताव राख्न सक्छन् या यदि कसैलाई मन पराउनु हुन्छ भने प्रेम प्रास्ताव राख्नु उपयुक्त हुनेछ ।
मिन: यसपालिको प्रेम दिवसमा साथीले सरप्राइज दिन सक्छन् । तपाईंको साथी दिनभरी तपाईंसँगै दिन बिताउनु हुनेछ र महत्त्वपूर्ण निर्णय लिन सक्छन् ।