शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

देवतालाई,कुन–कुन र कस्तो फूल चढाउने ?


  • शुक्रबार, माघ ३० २०७७
39.8K
SHARES

फाईल तस्बिर

हिन्दु शास्त्रको अनुसार भगवानको शिर सधैं पुष्पले सुशोभित रहनुपर्दछ । भगवानलाई आफ्नो मनपर्ने पुष्प अर्पण गर्दा प्रसन्न हुनेगर्दछन भन्ने मान्यता रही आएको छ । आज हामि तपाईलाई कुन भगवानलाई कुन फुल चढाउदा राम्रो हुन्छ भन्ने कुरा प्रस्तुत गर्दै छौ ।

गणेशजी:
शास्त्रको अनुसार गणेशजीलाई तुलसीदल बाहेक सबै प्रकारको फूल चढाउन मिल्छ । गणेशजीलाई दुबो अत्यन्त प्रिय रहेको छ । दुबोको माथिल्लो भागको तीन वा पाँच पत्ता निकै शुभ मानिन्छ ।

शिव भगवान:
शिव भगवानलाई धतूरोको फूल, पारिजात, नागकेसरको सेतो पुष्प, कनेर, कुसुम, आक, कुश आदि फूल चढाउनु पर्दछ । विभिन्न ठाउँअनुसार फरकफरक नाम भएको चुवा फूल यसलाई कतै गोलाईँती फूल त कतै केताकी फूल पनि भन्ने गरीन्छ । शिव भगवानलाई केताकी फूल चढाउन हुँदैन ।

विष्णु भगवान:
मौलसिरी, जूही, कदम्ब, केताकी फूल, चमेली, अशोक, मालती, वासन्ती, चम्पा, वैजयन्तीको पुष्प अति प्रिय रहेको छ । विष्णु भगवानलाई तुलसी चढाउदा अति शीघ्र प्रसन्न हुने गर्दछन् । कार्तिक महिनामा भगवान नारायणलाई केताकीले पूजा निकै महत्वपूर्ण मानिन्छ । तर विष्णु भगवानलाई आक, धतूरो चढाउन हुँदैन ।

सूर्य नारायण

सूर्य नारायणको उपासना कुटज वा इन्द्रजौको फुलले पुजा गर्नुहुँदैन । यस बाहेक कनेर, कमल, चंपा, पलाश, आक, अशोक आदि पुष्प पनि भगवानको मनपर्ने फुल हो ।

भगवान श्रीकृष्ण

महाभारतमा आफ्नो मनपर्ने पुष्पको बारेमा बताउदै युधिष्ठिरसंग श्रीकृष्णले भनेका छन्, “मलाई कुमुद, करवरी, चणक, मालती, पलाश वा वनमाला फूल अति मनपर्छ ।”

दुर्गा माता

शंकर भगवानलाई चढाउने सबै पुष्प भगवती मातालाई पनि प्रिय छ । यस बाहेक बेली, सेतो कमल, पलाश, गुलाब, चंपाको फूल चढाउदा देवी खुसी हुन्छिन् ।

लक्ष्मी माता

लक्ष्मी मातालाई सबैभन्दा अधिक प्रिय पुष्प रातो र सेतो कमल हो । उनलाई पहेलो फूल चढाएर पनि प्रशन्न गर्न सकिन्छ । लक्ष्मी मातालाई रातो गुलाब निकै मनपर्ने फूल हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा