शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

ल्यापटप लामो समयसम्म टिकाउन अपनाउनुहोस् यी तरिका


  • शुक्रबार, माघ ३० २०७७
13.4K
SHARES

फाईल तस्बिर

ल्यापटपलाई दीर्घायु बनाउने इच्छा छ भने तपाईंले केही हार्डवेयरलाई विस्थापन तथा सफ्टवेयरको मेन्टेनेन्स गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंको यो काम आर्थिक मितव्ययी मात्रै होइन, वातावरणमैत्री पनि बन्नेछ

एसएसडी अर्थात् सोलिड स्टेट ड्राइभ हाल्नुहोस्:

कहिलेकाँहिँ मेकानिकल हार्ड ड्राइभले ठूलो कार्यभार उठाउनुपर्ने हुन्छ र त्यस्तो बेला कम्प्युटरको अन्य जिम्मेवारी थेग्ने गरी यो मज्जाले घुम्न सक्दैन । त्यस्तो बेला आफ्नो डीभीडी ड्राइभ निकाली दिनुहोस् र त्यसलाई सोलिड स्टेट ड्राइभ एसएसडी राखिदिनुहोस् ।त्यसपछि तपाईंको ल्यापटपले राम्रो काम गर्न थाल्नेछ । अनि पुरानो ड्राइभमा गेम, भिडियो, र फोटोहरु स्टोर गर्न प्रयोग हुन सक्छ ।

अर्को र्‍याम थप गर्नुहोस्:

कुनै कुनै ल्यापटपमा तपाईंलाई चाहिए जति मेमोरी थप गर्न सकिन्छ । यदि तपाईं वर्ड प्रोसेसिङ र वेब ब्राउजिङ मात्र गर्ने हो भने ८ जीबीको र्‍याम तपाईंका लागि काफी छ ।

विण्डोज रिइन्स्टल गर्नुहोस्:
सुस्त चल्ने आफ्नो पुरानो ल्यापटपसँग दिक्क हुनुहुन्छ भने नयाँ विण्डोज इन्स्टल गरेर ताजा सुरुवात गर्नुहोस् । तपाईंले आफ्नो चलाइरहेको विण्डोजको भर्सनलाई रिसेट गर्न सक्नुहुन्छ । यसबाहेक यसलाई पुरै नयाँ रिइन्स्टल पनि गर्नसक्नुहुन्छ ।

विण्डोज टेनमा मुभ गर्नुहोस्:
यदि तपाईं विण्डोको पुरानो भर्सन प्रयोग गरिरहनु भएको छ भने विण्डोज टेनमा अपग्रेड गर्न बारे सोच बनाउनुहोस् । यसले तपाईंको ल्यापटपलाई सुपरचार्ज त गर्दैन तर यदि तपाईंको ल्यापटपलाई
यसले ह्याण्डल गर्नसक्छ भने  तपाईंको पुरानो भर्सनमा भएको एपलाई केही नयाँ, ताजा र राम्रा एपले विस्थापन गरिदिन्छ ।

राम्रोसँग सफाई गर्नुहोस्:
ल्यापटपलाई ताजा र नयाँ बनाउने अर्को तरिका भनेको यसको सफाई नै हो । आफ्नो ल्यापटपका प्वाल तथा पोर्टहरु सफाई गर्नुहोस्
लामो समयदेखि थुप्रिएको फोहोरको पनि सफाई गर्नुहोस् । यसरी सरसफाई गर्दा प्रोसेसर र ग्राफिक्स कार्डले एकदमै राम्रोसँग काम गर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा