शनिबार, साउन ९ २०८३
ताजा अपडेट

झाँक्री पक्राउको विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट


  • बिहिबार, माघ २९ २०७७
16.7K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीको पक्राउ विरुद्ध सर्वोच्च अदालतम बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

बिहीबार अपराध महाशाखाको टोलीले राज्यविरुद्धको कसुरमा नेतृ झाँक्रीलाई पक्राउ गरेको थियो ।

उनी पक्राउ परेको केही घण्टामै सर्वोच्च अदालतम बन्दी प्रत्यक्षीकरणको रिट परेको हो ।

यस्तै, राष्ट्रिय मानवअधिकार आयोगको टोली पक्राउपछि नेतृ झाँक्रीलाई राखिएको मीनभवनस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा पुगेको छ ।
त्यहाँ पुगेर आयोगको टोलीले झाँक्रीको अवस्थाबारे बुझ्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा