नेकपा अध्यक्ष प्रचण्डले रामकुमारी झाँक्री पक्राउ गरेर केपी ओली नेतृत्वको सरकारले आफ्नो चरित्र देखाएको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेपाल मगर संघको भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले ओली सरकारले हिजो नै झाँक्रीलाई पक्राउ गर्न खोजेको तर आफुहरुले जोगाएको समेत बताए ।
उनले भने, ‘राष्ट्रपतिको बारेमा बोलेको भन्दै हिजो नै पक्राउ गर्न खोजेको थियो तर हामीले जोगायौं । तर आज पक्राउ गरेको खबर आएको छ । यसबारेमा पार्टीले छिटै निर्णय गर्नेछ ।’
अहिले सरकारले संघीयता गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै प्रहार गर्न खोजेको भन्दै उनले उत्पिडित जातिमाथिसमेत सरकार जाइलागेको आरोप लगाए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।