रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनकै निवासमा पुगेपछि,नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतीलाई धुलिसाफ गर्ने भए भन्दै पक्राउ गर्न गएको प्रहरीलाई,नेकपा नेतृ रामकुमार झाँक्रीको घरबाट तत्काल फिर्ता हुनुपर्ने बताएका थिए ।
उनले भनेका थिए, “रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरूले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भए। राष्ट्रपतिलाई गुटको स्वार्थमा कैद नगर।”
यस घटनाले झाँक्रीलाई थप परिपक्क बनाउने र अझ स्थापित गर्ने भट्टराईको थियो।
प्रहरीले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई घरबाटै पक्राउ गरेको छ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।