नेकपा प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार सभास्थलबाटै ‘ऋषि धमलाजी तपाई चुप लाग्नोस्’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । रामकुमारी झाँक्रीले बोल्न पाइन्छ भनेको र श्रेष्ठले चुप लाग्नोस् भनेको भिडियो जोडेर टिकटकमा समेत हिट बनाइएको छ ।
बुधबारको कार्यक्रमलाई सम्वोधन गर्दागर्दै प्रवक्ता श्रेष्ठले माइकबाट ठूलो स्वरले भनेका थिए, ‘एकछिन, त्यहाँ पत्रकार साथीहरुले केही नगरिदिनुहोला । पत्रकार साथीहरु ! हामी यहाँ सभा सञ्चालन गरिराखेका छौं । तपाईंहरु त्यहाँ चुप लाग्दिनोस् । सुन्नुभो ? ऋषि धमलाजी ? ऋषि धमलाजी । तपाई त्यहाँ अर्को कार्यक्रम नगर्नोस् । चुप लाग्नोस् । तपाईं चुप लाग्नोस् ।
आफूले ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि अन्तरवार्ताहरु लिइरहेका बेला नारायणकाजीले चुप लाग्नोस् भनेको पत्रकार धमलाको प्रतिक्रिया छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।