शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


  • बिहिबार, माघ २९ २०७७
12.6K
SHARES

फाईल तस्बिर

दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ। अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार हिजो साँझ लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा ७ दशमलब ७ म्याग्नेच्युडको भूकम्प गएको हो।

लगत्तै ६ म्याग्नेच्युड हाराहारीका थुप्रै पटक पराकम्प गएको जनाइएको छ। न्यूजिल्याण्डदेखि इन्डोनेसियासम्म धक्का महसुस गरिएको भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन।

अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामी आउन सक्ने चेतावनी दिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा