नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले छलफलको लागि महानगरीय अपराध महाशाखामा बोलाएको छ।
विरोध सभामा गरिएका भाषणमा भीभीआईपीलाई गालीगलौज गरेको भन्दै गृह मन्त्रालयको निर्देशनमा महानगरीय अपराध महाशाखाले छलफलका लागि बोलाएको हो ।
नेकपा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले झाँक्रीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएको थियो। गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको थियो।
ज्ञापन पत्रमा राष्ट्रपति भण्डारीको चरित्र हत्या गर्दै नेतृ झाँक्रीले विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरू प्रयोग गरेकाले कानूनबमोजिम कारबाही गर्न माग गरिएको थियो।
एक कार्यक्रममा झाँक्रीले ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु– निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु’ भनेकी थिइन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।