शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

किन्ने हो की ? पल्सर १५० को मूल्य घट्यो


  • बिहिबार, माघ २९ २०७७
19.1K
SHARES

फाईल तस्बिर

बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० को मूल्य भने २ हजार रुपैयाँले घटाएको छ ।

यसअघि २ लाख ६५ हजार ९०० रुपैयाँमा विक्री हुँदै आएको पल्सर १५० अब नयाँ मूल्य अनुसार २ लाख ६३ हजार ९०० रुपैयाँ तोकेर विक्री सुरु भएको छ ।

विशेषत युवा लक्षित डिजाइनमा आएको पल्सर १५० मस्कुलर र स्पोर्टी लुक्सको कारण नै यसमा ग्राहकको आकर्षण बढेको हो । यसमा दिइएको स्टाइलिस हेडल्याम्प, मस्कुलर फ्यूल ट्याङ्कको कारण यसको लोकप्रियता बढ्दै गएको हो ।

यसमा रहेको क्लीप अन ह्यान्डलबार, इन्जिनकिल स्वीच, ट्यूवलेस टायर, डिसी हेडल्याम्प जस्ता फिचरलाई ग्राहकले धेरै रुचाएको पाइन्छ ।

पल्सरको सफलतासँग जोडिएको अर्को विषय यसमा रहेको डिटिएसआई इन्जिन हो । यसमा रहेको १४९ सीसी क्षमताको १५.१ पीएस पावर र १२.५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । कम सीसीमा धेरै पावर भएको मोडलमा पल्सर १५० पर्दै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा