शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सरकारको उपलब्धी,खाना पकाउने ग्यासमा २५ रुपैयाँ बृध्दी


  • बिहिबार, माघ २९ २०७७
13.4K
SHARES

फाईल तस्बिर

सरकारले खाना पकाउने ग्यासको मुल्य बढाएर फेरी जनतालाई सास्ती दिनेकाम गरेको छ । नेपाल आएल निगमले खाना पकाउने ग्यासमा २५ रुपया बढाएको छ । यसलाई सर्बसाधारणले सरकारको उपलब्धि हो भन्दै ब्यङ्ग्य गरेका छन ।

भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ,  डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।
निगमले खाना पकाउने ग्यासमा लामो समयपछि मूल्यवृद्धि गरेको हो ।

निगमलेदैनिक साढे ६ करोड बराबरको नोक्सानी हुँदै आएको भन्दै पेट्रोलियम पदार्थको भाउ बढाउनु पर्ने बताउँदै आएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा