शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

प्रचण्डको चेतावनी– नेपालमा ‘ग्रीन रिभोलुसन’ हुन्छ, विचार गर्नुस्


  • बुधबार, माघ २८ २०७७
11.8K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ‘ग्रीन रिभोलुसन’ हुने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाद्वारा बुधबार काठमाडौंमा आयोजित विरोधसभामा अध्यक्ष प्रचण्डले संविधान, कानुन र जनमत सबै कुरा लत्याए त्यसले ग्रीन रिभोलुसन निम्त्याउने चेतावनी दिएका हुन् ।

उनले नेपालको संविधानले प्रतिनिधिसभा विघटनको बाटो बन्द गरेको भन्दै संविधान मिचेर आफैँ ठूला कुरा गरेर हिँड्दैमा त्यसले वैधानिकता नपाउने बताए ।

उनले एउटा सानो समूह लिएर हिँड्दा देशमा त्यत्रो ठूलो विद्रोह भएको बताए । लाखौँको समर्थनलाई हेर्न भन्दै उनले चेतावनीको भाषा प्रयोग गरे । तपाईंहरु के भन्नुहुन्छ ? संविधानअनुसार पनि देश नचल्ने हो भने के हुन्छ ? आफ्नै अगाडिको भेलातर्फ प्रश्न गर्दै उनले भने, यो विशाल जनसमुदाय चुप लागेर बस्छ, हामी चुप लागेर बस्छौँ ? हाम्रो आन्दोलन रोकिँदैन । विचार गर्नुहोला । उनले त्यस्तो अवस्थामा शान्तिपूर्ण विद्रोह हुने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा