नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले संयुक्त आन्दोलनमा आउन दलहरुलाई आह्वान गरेका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै खनालले यो नेकपाको दुई गुटको झगडा मात्र नभएको बताए ।
पुस ५ मा प्रतिक्रान्ति भएकाले त्यसविरुद्ध आन्दोलन भइरहेको भन्दै खनालले कांग्रेस, जनता समानवादी पार्टीलगायतका दलहरुलाई आग्रह गरे, आउनुस् संयुक्त आन्दोलन गरौं । यो नेकपाको मात्र आन्दोलन होइन, जनताको संयुक्त आन्दोलन हो । यसमा सामेल हुनुस् ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।