शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

आलोचना गरौं भने प्रधानमन्त्री ओली फेरि नारायणहिटी गेटमा रूनुहोला: रघुजी पन्त


  • बुधबार, माघ २८ २०७७
14.8K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षले अहिले राजधानीमा आमसभा गरिरहेको छ।

सभामा अहिले वक्ताहरूले बोल्ने क्रम जारी छ। वक्ताहरूले ओलीले गरेको प्रतिगमनको विरोध गरेका छन्।

सभामा बोल्दै प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन्।

मन्तव्यको सुरूमै उनले प्रधानमन्त्री ओलीको आफूले आलोचना नगर्ने बताए।

‘म प्रधानमन्त्री ओलीको आलोचना गर्दिनँ। केही दिनअघि आलोचना गर्दा  नारायणहिटी दक्षिण गेटमा रूनुभयो।  फेरि आज आलोचना गरे अर्को दिन नारायणहिटीको पश्चिम गेटमा रूनुहोला,’ पन्तले भने।

माघ २३ गते नारायणहिटी अगाडि भएको आफ्नो समूहको सभामा बोल्दाबोल्दै प्रधानमन्त्री ओलीले आँशु पुछेका थिए। उनले चिसोले आँशु आएको बताएका थिए तर उनका प्रेस सल्लाहकार सूर्य थापाले भने ओली  भावुक बनेर आँशु आएको बताएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा