नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई आजीवन प्रधानमन्त्री भनेर अध्यादेश ल्याउन सक्ने बताएकी छिन् ।
ओलीले पटक पटक असंवैधानिक कदम चालिरहेको भन्दै उनले आफूलाई जे मन लाग्छ त्यही कदम चाल्दै जाने हो भने ‘कुन दिन ओलीले आफू आजीवन प्रधानमन्त्री भनेर अध्यादेश ल्याउन सक्छन्’ भनेकी छिन् ।
नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा भुषालले सरकारले गराउने चुनावका बारेमा ‘यस्ता चुनाव त निरंकुश सरकारले पहिले पनि गरेका थिए’ भनिन् ।
उनले प्रचण्ड–नेपाल समूहको धारणा राख्ने क्रममा भनिन्, ‘असंवैधानिक कदमविरुद्ध लडिरहेका छौं त्यसकारण त्यसको विकल्प सोच्नै सक्दैनौं ।
उनले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दावी गर्दै ‘४४१ जना केन्द्रीय सदस्यमध्ये को कता छन् भनेर हाजिर गराओस् अनि थाहा भैहाल्छ नि को आधिकारिक।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।