नेकपा नेतृ रामकुमारी झाँक्रीले राजाको निरंकुशताविरुद्ध लडेकोले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गर्न नछाड्ने बताएकी छन्। उनले संविधानलाई कागजको खोस्टो बनाउनेविरुद्ध निरन्तर संघर्ष गर्ने समेत बताइन्।
नेकपाको दाहाल–नेपाल समूहले मंगलबार बागलुङमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा झाँक्रीले यस्तो बताएकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुन च्यात्ने तर जनता र कार्यकर्ताले बा र आमा भनेरै बसिदिनुपर्ने दासत्वबाट माथि उठ्न खोजेको समेत बताइन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।