शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ट्रम्पविरूद्धको महाअभियोग : सुनुवाइ जारी राख्ने पक्षमा सिनेटका बहुमत सदस्यको मत


  • बुधबार, माघ २८ २०७७
9.5K
SHARES

फाईल तस्बिर

अमेरिकी सिनेटका बहुमत सदस्यले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइको महाभियोगको सुनुवाइ जारी राख्नु पक्षमा मतदान गरेका छन् ।

सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए।

योसँगै निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगको  सुनुवाइले निरन्तरता पाउने भएको छ ।

सुनुवाइ जारी राख्नुपर्ने पक्षमा छजना रिपब्लिकनले पनि मतदान गरेको बीबीसीले जनाएको छ । गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो।

अमेरिकी संसदमा भएको आक्रमणका लागि समर्थकहरूलाई ‘उक्साएको’ भन्दै उनीमाथि महाभियोग लगाइएको हो ।

उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा