शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

गेटाफेलाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा


  • बुधबार, माघ २८ २०७७
15.3K
SHARES

फाईल तस्बिर

गेटाफेलाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा रियलले २–० जीत निकाल्दै शीर्ष स्थानमा रहेको एथ्लेटिकोसँगको दुरी ५ अंकमा घटाएको हो । यद्यपि, एथ्लेटिकोले दुई खेल कम खेलेको छ ।

साबिक विजेता रियल चोट र सस्पेन्सनका कारण ९ जना पहिलो रोजाइका खेलाडीविहीन रहेको थियो । तर, खेल अवधिभर रियलले नै पकड जमाएको थियो ।

एडिन हजार्ड, सर्जियो रमोश, फेडेरिको भालमर्डे, टोनी क्रुस, अल्भारो ओर्डिओजोला खेल्न असमर्थ भएपछि जिनेदिन जिदान ३–४–३ फर्मेसन अपनाउन बाध्य बनेका थिए ।

खेलको ६० औँ मिनेटमा करिम बेन्जेमाले रियललाई अग्रता दिलाए भने लगत्तै फेरलान्ड मेन्डीले अग्रता दोब्बर बनाउँदै रियलको जीत सुनिश्चित गरे । यो सिजन बेन्जेमाले रियलका लागि २७ खेलमा १६ गोल गरेका छन् ।

२२ खेलपछि रियलको ४६ अंक रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा