शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

कोटेश्वरको केटो लाई एक लाख पुरस्कार


  • बुधबार, माघ २८ २०७७
15.3K
SHARES

फाईल तस्बिर

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर सो कृतिलाई रु एक लाख राशिको उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रेस विज्ञप्तिमार्फत इञ्जाले जानकारी दिएको छ ।

संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ आजभन्दा साढे चार दशकअघिको काठमाडौँको दृश्य र परिवेश समेटिएका यस कृतिमा तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरिएको छ । काँठेजीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, सङ्घर्ष र पीडाको कथा पुस्तकमा छ । कसरी कोटेश्वरका स्थानीयवासीलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पार्यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो खुराक बन्न सक्ने शिक्षा तथा साहित्य क्षेत्रका मूर्धन्य व्यक्तिको धारणा छ ।

तीन  दशक लामो पत्रकारिताको अनुभव सम्हालेका पराजुलीले अक्षरहरुसँग पाठमा पत्रकारिताका अनेक तीतामीठा प्रसङ्ग उल्लेख छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा