शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

तथाकथित मधेशवादी दलले प्रदेश २ मा कुनै सिट जित्दैनन : बिमलेन्द्र निधि


  • मंगलबार, माघ २७ २०७७
11.5K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनमा तथाकथित मधेशवादी दलले प्रदेश २ मा कुनै सिट नजित्ने दावी गरेका छन्। प्रतिनिधि सभाका ४ सिटमध्ये मधेशवादी दलले चारै सिट जितेको पर्सामा उनले यस्तो बताएका हुन्।

पर्साको वीरगन्जका पत्रकारहरूसँग कुरा गर्दै उपसभापति निधिले आगामी निर्वाचनको चर्चा गरेका हुन्‌। ‘अन्य कुनै कम्युनिष्ट पार्टी भन्नेले पनि अबको निर्वाचनमा कांग्रेसलाई यो प्रदेशमा एउटा पनि सिटमा हराउन सक्दैनन्,’ निधिले भने।

कांग्रेसको मूख्य प्रतिस्पर्धीका रूपमा रहेको दुईतिहाइ नजिकको कम्युनिष्ट नेतृत्वको सरकार आफ्नै अकर्मण्यताका कारण दुई चोइटा भएका बेला हौसिएका नेता निधिले मधेशवादी दललाई त दलसम्म पनि नठानी ‘तथाकथित’ संज्ञा दिए।

उनले भने, ‘कांग्रेसलाई कांग्रेसले मात्र हराउन सक्छ, नत्र अन्य कुनै दलले कांग्रेसलाई हराउन सक्दैन।’ उनले विगतका निर्वाचनमा कांग्रेसभित्र भएका अन्तर्घाततर्फ पनि इंगित गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा