शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रदेश खारेज गर्न खोजिएको कदम र राजनीतिक अस्थिरतालाई चिर्दै अघि बढ्ने हो : मुख्यमन्त्री राई


  • मंगलबार, माघ २७ २०७७
15.8K
SHARES

फाईल तस्बिर

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेश खारेज गर्न खोजिएको कदम र राजनीतिक अस्थिरतालाई चिर्दै अघि बढ्ने बताएका छन्

नेपाल पत्रकार महासंघ ओखलढुंगाको वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले संसद् विघटनबारेको फैसला चुनावपछि पनि आउन सक्ने भन्दै सबैलाई चुनावमा लागिपर्न उनले आग्रह गरे।

जनताले दिएको म्यान्डेट कोठाभित्र बुझाउने काम नगरी जनादेशलाई जनताकै सामु लिएर जाने सर्वोत्तम विकल्प प्रधानमन्त्री केपी ओलीले दिएका पनि उनले बताए।प्रधानमन्त्री लोकतान्त्रिक विकल्पका रुपमा लिएर बढेकाले वैशाखमा निर्वाचन हुने र त्यसको तयारीमा लाग्न उनले सबैलाई आग्रह पनि गरे।

ओखलढुंगाका जनतालाई सही समयमा सही नेतृत्व गर्ने भनी तारिफ गरेका मुख्यमन्त्रीले प्रदेशमा आफ्नो नेतृत्वको सरकारले सैयौं झोलुंगेपुल तथा सडक निर्माण गरेको दाबी पनि गरे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा