शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

बीर अस्पतालको विस्तारीत अस्पताल बनाउन आर्थिक अभाव नहुने : अर्थमन्त्री


  • मंगलबार, माघ २७ २०७७
13.8K
SHARES

फाईल तस्बिर

अर्थ मन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको बीर अस्पतालको विस्तारीत अस्पताल बनाउन आर्थिक अभाव नहुने बताउनु भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा विस्तार गर्न लागिएकोे निर्माण क्षेत्रको मंगलबार अवलोकन गर्दै मन्त्री पौडेलले आर्थिक स्रोतको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

आगामी छ महिनाभित्रमा विजुली पानी तथा अत्यावश्यक सेवा उपलब्ध गराइने उहाँले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अस्पतालको काम समयमै सम्पन्न हुने भन्दै स्थानीयको सहयोग पनि महत्वपूर्ण हुने बताउनुभयो ।

चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा विस्तार हुन लागेको वीर अस्पतालको लागि सरकारले न्याम्सको नाममा ५ सय ७० रोपनी जग्गा दिएको छ ।

मनोहरा खोला किनारमा अवस्थित उक्त स्थानमा वीर अस्पतालका विभिन्न भवन तथा शैक्षिक संस्थाहरु तथा ल्यावहरु बन्ने छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा