शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीको कदमविरुद्ध झापाका पत्रकारको प्रदर्शन


  • मंगलबार, माघ २७ २०७७
7.3K
SHARES

फाईल-तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापाका पत्रकारहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको भन्दै बिर्तामोडमा प्रर्दशन गरेका छन् ।

बिर्तामोडस्थित मुक्ति चोकमा भेला भएका झापाका पत्रकारहरूले प्रधानमन्त्री ओलीको संविधान विरोधी कामले प्रतिगमन निम्तिएको भन्दै सच्याउनु पर्ने बताए ।

नेपाल प्रेस युनियन झापा र प्रेस संगठन नेपालले संयुक्त आयोजना गरेको प्रदर्शनमा आदिवासी जनजाति पत्रकार महासंघ, नारी सञ्चार गृह, आदिवासी पत्रकार संघसहित विभिन्न पत्रकारआवद्ध संघ संगठनले ऐक्यवद्धता जनाएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा