शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ को मृत्यु


  • मंगलबार, माघ २७ २०७७
13.2K
SHARES

फाईल तस्बिर

बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु  भएको छ ।  दाङको तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीस्थित चौवाखोलामा लु.५६ प ९८१७ नम्बरको मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा पैदलयात्री सोही उपमहानगरपालिका-१९ पकरे बस्ने ७५ वर्षीय दिल बहादुर बुढाथोकी मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापाको गौरीगंज गाउँपालिका-९ बढिधापस्थित सडकमा को.१३ प २०४० नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-९ बैगुनधुरा बस्ने ३९ वर्षीय पुरुषोत्तम फुँयालको घटनास्थलमै मृत्यु भएको छ ।

यता रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ शंकरनगरस्थित सडकमा लु. ३० प ८५६९ नम्बरको स्कुटरलाई सोमबार साँझ नम्बर नखुलेको बसले ठक्कर दिँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका-८ बस्ने २६ वर्षीया पुजा गहतराजको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

कञ्चनपुरको  पुनर्वास नगरपालिका-२ अरनिको बस्तीस्थित सडकमा पनि से. ४ प ५५४६ नम्बरको मोटरसाइकलले सोमबार साँझ ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीया पोदेजोम तामाङ मृत्यु भएको छ ।

यसैगरी चितवनको रत्ननगर नगरपालिका-९ स्थित सडकमा ना.५ ख ५६७९ नम्बरको ट्रक र ना.६२ प ८२३० नम्बरको  मोटरसाइकल सोमाबर राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ बस्ने २५ वर्षीया दुर्गा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई पुरानो मेडिकल कलेज भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोरखा गोरखा नगरपालिका-३ बस्ने २४ वर्षीय प्रबेश अर्यालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यसै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा