शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या


  • मंगलबार, माघ २७ २०७७
13.9K
SHARES

फाईल तस्बिर

भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या गरेको घटनामा मुछिएपछि स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बन गरिएको छ ।

मोतिहारी प्रहरीका एसपी नवीन चन्द्र झाले कुण्डवा चैनपुर थानाका प्रमुख सञ्जीवकुमार रञ्जनलाई निलम्बन गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

उनीमाथि आरोपीसँग मिलेको र पीडितको जाहेरी लिन अस्वीकार गरेको आरोप लागेको छ । आरोपी र थाना प्रमुखबीचको अडियो कुराकानी भाइरल भएपछि मिलिभगतको आशंका गरिएको थियो ।

यही माघ ८ गते बर्दियाको बारबर्दिया नगरपालिका-३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएका थिए । मृतकका परिवार भारतमा मजदुरी गर्दै गुजारा चलाउँदै आएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा