शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बाइडेन र मोदीबीच टेलिफोन, इन्डो-प्यासेफिक र म्यानमारबारे चर्चा


  • मंगलबार, माघ २७ २०७७
9.2K
SHARES

फाईल-तस्बिर

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ।

जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेका बाइडेन पहिलो पटक भारतीय प्रधानमन्त्री मोदीसँग कुराकानी गरेका हुन्।

सोमबार भएको टेलिफोन वार्ताका क्रममा दुई नेताहरूबीच क्षेत्रीय भू-राजनीति, समसामयिक विश्व परिवेश, जलवायु परिवर्तन र आपसी सहकार्यका विषयमा छलफल भएको नयाँदिल्ली र वासिङ्टनले जनाएका छन्।

भारतीय प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै मोदीले बाइडेनलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिँदै भारत-अमेरिका रणनीतिक सहकार्यका लागि काम गर्न आतुर रहेको बताएको उल्लेख गरेको छ।

‘उहाँहरूबीच क्षेत्रीय विकास र  समग्र भू-राजनीतिक विषयमा कुराकानी भयो। दुबै जनाले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र स्वतन्त्र, खुला र समावेशी इन्डो-प्यासेफिकका लागि उस्तै सोच राख्ने देशहरूबीचको सहकार्यको महत्वलाई दोहोर्‍याउनुभयो,’ विज्ञप्तिमा भनिएको छ।

कुराकानी क्रममा मोदीले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि जोडिने र आगामी अप्रिलमा जलवायु सम्मेलन गर्ने बाइडेनको निर्णयको स्वागत गरेका थिए।

अमेरिकी राष्ट्रपति कार्यालयले ह्वाइटहाउसले पनि विज्ञप्ति जारी गर्दै दुई नेताबीच कोभिड-१९ विरूद्धको लडाइँमा सहकार्य गर्ने, जलवायु परिवर्तनका विषयमा दुई देशबीचको सहकार्यलाई नवीकरण गर्ने, दुबै देशका जनतालाई फाइदा पुग्ने गरी विश्व अर्थ व्यवस्था बनाउने र विश्व आतंकवादका विरूद्ध एक ठाउँमा उभिने विषयमा कुरा भएको उल्लेख गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा