शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

ओलीले नेपालको संविधान कुल्चेर इतिहासमा कलंकित भए: पुष्पकमल दाहाल


  • सोमबार, माघ २६ २०७७
12.4K
SHARES

फाईल तस्बिर

प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेपालको संविधान कुल्चेर इतिहासमा कलंकित भएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केपी ओली प्रतिगमनको बाटोमा हिँडेको आरोप पनि लगाए ।

साथै प्रचण्डले आफू शान्ति र स्वतन्त्रताको पक्षमा उभिँदा आफूहरुको जित भएको र केपी ओलीको हार भएको समेत दाबी गरे ।

कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरू पदका लागि सडकमा नआएको दाबी गरे । उनले विचारका निम्ति पार्टीभित्र संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।

‘केपीसँग परेको प्रधानमन्त्रीको निम्ति लडाइँ परेको हो पनि भन्छन्, यो सबै केपी र केपीका गुटका मान्छेले गरेको षडयन्त्र हो, हामी विचारका निम्ति, सिस्टमका निम्ति लडेको हो,’ उनले भने ।

‘हाम्रो आन्दोलनलाई र विचारलाई बदनाम गर्न षडयन्त्र भएको हो,’ प्रचण्डले भने, ‘हामी जनताको पक्षमा गयौँ, हामी लोकतन्त्रको पक्षमा गयौँ, हामी जनतासँग जोडियौँ, हामी सडकमै गयौँ, त्यसैले हामीलाई गर्व छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा