शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रतिनिधि सभा विघटन विरुद्ध सहिद वेपत्ता परिवारको प्रदर्शन


  • सोमबार, माघ २६ २०७७
11.5K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम विरुद्ध सहिद तथा वेपत्ता य‍ोद्धा परिवारले प्रदर्शन गरेका छन् । सोमबार राजधानीको बबरमहलवाट शुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियोे ।

विरोध सभामा नेकपा स्थायी कमिटी सदस्य शक्तिवहादुर बस्नेतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले सहिद तथा वेपत्ता योद्धाको सपनामाथि वज्रप्रहार भएको बताए । बस्नेतले सहिदका सपना पूरा गर्न हरहालतमा प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा नेता जगन्नाथ खतिवडाले सहिदका सपना अझै पूरा हुन बाँकी नै रहेकाले आन्दोलन जारी राख्नुपर्ने वताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा