शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

शैक्षिक हड्तालले पठन-पाठन प्रभावित


  • सोमबार, माघ २६ २०७७
16K
SHARES

फाईल तस्बिर

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियू क्रान्तिकारीको शैक्षिक हड्तालले सोमबार दाङसहित साबिक राप्तीका  पाँच जिल्लाका शैक्षिक संस्थामा पठन-पाठन प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाको घोराही, तुलसीपुर, लमहीका सरकारी तथा निजि सस्थाहरु बन्द भएको जनाएको छ । बिहानै पढ्न हिँडेका बिद्यार्थिहरु विद्यालय   बन्द भएका कारण फर्किएको प्रहरीले बताएको छ ।

रूकुम पश्चिममा अखिल (क्रान्तिकारी) का नेता पक्राउ परेको विरोध विप्लव समूहले दाङसहित साबिक राप्तीका सल्यान, प्यूठान, रोल्पा, रूकुममा एकदिने शैक्षिक हड्तालको घोषणा गरेको हो  ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २४औं जिल्ला सम्मेलन आयोजक समिति दाङका संयोजक अनिल केसीले विज्ञप्ति प्रकाशित गर्दै सोमबारको शैक्षिक हड्तालबारे बताएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा