शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मुख्यमन्त्री भट्टविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने ओली समूहको तयारी


  • सोमबार, माघ २६ २०७७
11.6K
SHARES

फाईल तस्बिर

ओली समुहले प्रतिपक्षसँग मिलेर मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ ।

सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन आज सुरु हुँदैछ । आजको बैठकमा सरकारका तर्फबाट केही विधेयक टेबुल गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको छैटौँ अधिवेशन गत जेठ १३ गते सुरु भएर भदौ ३१ गते अन्त्य भएको थियो । पछिल्लो अधिवेशन अन्त्य भएको ६ महिना भित्रै अर्को अधिवेशन आवश्वान गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

छैटौं अधिवेशनसम्म प्रदेश सभामा दर्ता भएका ४४ विधेयकमध्ये ४२ विधेयक पारित भइसकेका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक रुपमा विभाजित अवस्थामा छ ।

नेकपा समूहमा विभाजन भएपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई महत्वका साथ हेरिएको छ । नेकपा विभाजनको असर प्रदेशमा पनि देखिएको छ ।

प्रदेशमा दाहाल नेपाल समूहका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा सरकार छ । ओली समुहका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको बर्खास्तगी परेका छन् भने आर्थिक मामिलामन्त्री झपडबहादुर बोहराले राजीनामा दिएका छन् ।

प्रदेशका ५३ सांसदमध्ये नेकपाका ३९, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना छन् । नेकपाका ३९ सांसदमध्ये ओली समुहका ७ जना मात्र छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा