तेह्रथुमको लालीगुराँस नगरपालिका-३ मुसाङखेलमा एक व्यक्तिले बञ्चरो प्रहार गरि आइतबार आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
४३ बर्षिय नरबहादुर लिम्बुले बञ्चरो प्रहार गर्दा उनकी ४७ वर्षीया श्रीमती मइतरानी लिम्बूको मृत्यु भएको हो ।
टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा मइतरानीको शव घर नजिकैको बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनुभयो ।
सामान्य घरायसी विवादमा बारीमा काम गरिरहेको बेला नरबहादुरले आफ्नी श्रीमतीलाई एक्कासी बञ्चरो प्रहार गरेको मृतककी भतिज विबस लिम्बूले जानकारी दिए ।
घटनामा संलग्न लिम्बुलाई प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।