शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सबारिसाधन लाइसेन्सका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो


  • सोमबार, माघ २६ २०७७
17.7K
SHARES

फाईल तस्बिर

नेपालमा सवारी साधन चलाउन नयाँ चालक अनुमतिपत्र अर्थात लाइसेन्सका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ ।

देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।

गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिन स्थगित गरेको थियो ।

झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागले जनाएको छ ।

सेवाग्राहीले हप्ताको सातै दिन २४ घण्टा नै अनलाइनमार्फत फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

लकडाउनले बन्द यातायात कार्यालयहरु गत असारदेखि नैं खुले पनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो ।

कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा भने रोकेको थियो ।

प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र संघीय सरकारअन्तर्गतको विभागबीचको समन्वयमा गत पुसदेखि नयाँ अनुमतिपत्रको आवेदन खुलाइएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा