शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भोलिदेखि सञ्चारकर्मीलाई खोप लगाउने निर्णय


  • आइतबार, माघ २५ २०७७
12K
SHARES

फाईल तस्बिर

सरकारले सञ्चारकर्मीलाई सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई भोलिबाट खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरिएको जानकारी दिए ।

काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोलिदेखि ५ दिनका लागि अग्रपंक्रिमा रहेर काम गर्ने सञ्चारकर्मीका लागि खोप अभियान सुरु गर्न निर्णय भएको हो ।

यसैबीच आइतबार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यंक्रममा बोल्दै मन्त्री गुरुङले नेपाल पत्रकार महासंघमा आवद्ध १३ हजार भन्दाबढी पत्रकारहरुलाई खोप लगाउने व्यवस्था गर्न लागिएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा