शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव आजै पेस गरिने


  • आइतबार, माघ २५ २०७७
15.7K
SHARES

फाईल तस्बिर

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई विरुद्ध परेको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा आजै पेस गरिने भएको छ । चार घण्टा बढी चलेको कार्य व्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने सहमति जुटाएको हो ।

१८ दिनपछि आज बैठक बोलाइएको थियो । तर, नेकपा ओली समूह भने बैठक सूचना टाँस गरेर स्थगित गर्नुपर्ने पक्षमा थियो । प्रचण्ड–माधव समूह भने आज जसरी पनि अविश्वासको प्रस्ताव संसद्मा पेस गर्नुपर्ने अडानमा थियो ।

अन्ततः ओली समूह सहमत भएपछि आजै बैठक राखेर अविश्वासको प्रस्ताव पेस गरिने भएको छ । त्यसपछि भने संसद् स्थगित गर्ने सहमति भएको छ । ओली समूहले अविश्वासको प्रस्ताव पेस भएपछि १५ दिन बैठक स्थगित गर्न माग गरेको छ । तर, यसमा सभामुखले निर्णय लिनेगरी कार्यव्यवस्था परामर्श बैठकमा सहमति जुटेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा