सेयर बजारमा दुई किसिमको बजार हुन्छन् । पहिलो प्राथमिक बजार, जहाँ हामीले आईपीओमा आवेदन दिएर गोलाप्रथाबाट सेयर हात पार्नु पर्ने अवस्था छ ।
दोस्रो बजारमा भने सिधै प्रवेश गरेर बजार मूल्यअनुसार आफूले चाहेको सेयर खरिद गर्न सकिन्छ । आईपीओमा जोखिम कम हुने र फाइदा हुँदा निकै धेरै नै फाइदा हुने भएका कारण पनि सर्वसाधारणहरुको यसतर्फ निकै आकर्षण छ ।
अहिले पनि ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ खुलिरहेको छ । आगामी २८ माघ देखि महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ खुल्दैछ ।
अब कसरी आईपीओ भर्ने भन्ने विषयमा जाऊ आईपीओ भर्नका लागि सबै भन्दा पहिला तपाईंलाई आवश्यक पर्ने भनेको बैंक खाता हो । बैंक खाता छैन भने आजै गएर खाता खोल्नुहोस ।
बैंक खाता भए पछि तपाईंले डिम्याट खाता खोल्नु पर्ने हुन्छ । डिम्याट खाता भनेको सामान्या सेयर राख्ने खाता हो भनेर बुझ्नुहोस । डिम्याट खाता खोलिसकेपछिको प्रक्रिया भनेको मेरो सेयर सुविधा लिने हो ।
मेरो सेयर सुविधामार्फत तपाईंले घरमै बसेर आईपीओ भर्न सक्नुहुनेछ । डिम्याट जहाँ खोल्नु भयो त्यहिँ तपाईंले मेरो सेयरको एउटा फारम भर्नुभयो भने तपाईको इमेलमा युजर आईडी र पासवर्ड प्राप्त हुन्छ । मेरो सेयर सुविधा नलिने हो भने तपाईले बैंकमा गएर पनि आईपीओ भर्न सक्नुहुनेछ ।
मोवाइलमा मेरो सेयर एप डाउनलोड गरेर युजर आईडी राख्र्नुपर्छ । तपाईंलाई इमेलमा उपलब्ध भएको पासवर्ड अब परिवर्तन गर्नु पर्नेहुन्छ । आफूले चाहेको पासवर्ड राख्नुपर्छ । मेरो सेयर मार्फत आफैले घरमै बसेर साधारण सेयर खरिद गर्न सक्नु हुन्छ ।