शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सेयर के हो ? कसरी गर्ने लगानी ?


  • आइतबार, माघ २५ २०७७
17.5K
SHARES

फाईल तस्बिर

कम्पनीको पुँजी लाई धेरै इकाइमा विभाजन गरी लगानीकर्ता हरुलाई विक्रि गरिने पुँजीको एउटा इकाइको दस्तावेजलाई ‘सेयर’ भनिन्छ । आफुले गरेको लगानीको अनुपातमा घाटा वा नाफा दुबैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको नै ‘सेयर’ हो ।

साधारण सेयर
साधारण सेयर सर्वसाधारणबाट उठाईएको सेयर हो । सामान्यतया १ कित्ता शेयरको मुल्य रु १०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई ५० कित्तादेखि माथि सेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने सेयर साधारण सेयर हो ।

सेयर कसरी किन्ने ?
आईपिओ  अर्थात Initial Public Offer जारी गर्नुभन्दा १ साताअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निष्काशन गर्दछन् । यो आह्वानपत्रमा कम्पनीले कति सेयर, कुन मितिदेखि निकाल्दै छ भन्ने जानकारी दिइन्छ । आह्वानपत्रले कम्पनीको सेयरमा कतिसम्म र कहाँबाट आवेदन भर्न सकिन्छ भन्नेबाहेक कम्पनीको हालको स्थिति र भविष्यको योजनासमेत उल्लेख गरेको हुन्छ । लगानीकर्ताले कति कित्ता सेयर लिन चाहेको हो उल्लेख गरेर तोकिएको विवरण भरी आईपीओ भर्न सक्छन ।  बैंक खाता र डिम्यट खाता अनिवार्य हुन आबस्यक छ । सेयर भरि सकेपछि नपरेको खण्डमा बैंक खातामानै पैसा फिर्ता हुनेभएकोले खाता अनिबार्य आबस्यक छ ।

दोस्रो बजार भनेको के हो ?
कुनै पनि पब्लिक कम्पनीले पुँजी संकलनका लागि प्राथमिक बजारमा आईपिओ जारी गरेको १५-२० दिन भित्रमा लगानीकर्ता हरुलाई सेयर बाँडफाँड गर्दछ । सेयर बाँडफाँड गरेको ४-५ दिनमा प्राथमिक बजारमा जारी गरेको सेयरलाई नेप्सेमा सूचिकृत गर्दछ । प्राथमिक सेयरलाई नेप्सेमा सूचिकृत गरेपछि सेयर खरिदबिक्री गर्ने स्थानलाई दोस्रो बजार भनिन्छ, त्यही स्थान वा ब्रोकर कम्पनीबाट उक्त कम्पनीको सेयर खरिदबिक्री गर्न सकिन्छ ।

यसप्रकार प्राथमिक बजारमा निष्कासन गरिएको सेयर पुनः बिक्री वा किनबेच गर्ने बजारलाई नै दोस्रो बजार भनिन्छ । नेपालमा नेपाल स्टक एक्सचेञ्ज एकमात्र दोस्रो बजार हो ।
अब तपाईले सेयरको कारोबार गर्न ब्रोकरको साहायता लिनु पर्छ ।

ब्रोकर भनेका धितोपत्र बोर्डबाट धितोपत्र अर्थात सेयरको कारोबार गर्न इजाजत प्राप्त संस्था हुन् । हाल नेपालमा ५० वटा ब्रोकर कम्पनी र तिनका ४७ वटा शाखाहरु नेपालका प्रमुख शहरहरुमा छन् ।

अब तपाईले सेएर खरिद बिक्र गर्नुहुन्छ भने,कुनैएक ब्रोकरकोमा गएर दोस्रो बजारमा ब्रोकरसँग कारोवार गर्न कारोवार खाता खोल्नु पर्छ, जसका लागि ग्राहक परिचय विवरण भर्नुपर्छ। सेयर खरिदबिक्री गर्न ग्राहक परिचय विवरण खाता, जुन स्थानको ब्रोकर कम्पनीबाट तपाईहरुलाई सेयर खरिद बिक्री गर्न सजिलो हुन्छ, त्यही स्थानको ब्रोकर कम्पनीमा गएर ग्राहक परिचय विवरण भर्न सक्नुहुनेछ ।

तपाईले कुन कम्पनीको कति कित्ता सेयर खरिद गर्ने हो त्यही ब्रोकर कम्पनीलाई खरिद आदेश दिन सक्नुहुन्छ । अंकित मूल्य १०० भएका सेयर कम्तीमा १० कित्ताका लागि आदेश दिनुपर्छ अर्थात सेयर खरिदबिक्री गर्दा कुल अंकित मुल्य कम्तीमा १००० रुपैयाँ हुने गरीको संख्यामा आदेश दिनुपर्छ ।

दोस्रो बजारमा सेयर खरिदबिक्री आदेश दिने समय आईतबारदेखि बिहीवार बिहान ११ बजेदेखि दिउँसो ३ बजेभित्र हो ।
अहिले अनलाईन बाटै पनि खरिद बिक्रि गर्न सकिन्छ ।

मुख्यत सेयर बजार प्रबेस गर्न ,बैंक एकाउन्ट डिम्याट एकाउन्ट र ब्रोकरका गएर वा अनलाईन बाटै एकाउन्ट खोल्न भने जरुरी छ ।

बिभिन्न आलेख र गुगलको साहायता बाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा