शनिबार, साउन ९ २०८३
ताजा अपडेट

महामारीमा थपिए २० लाख इन्टरनेट प्रयोगकर्ता


  • आइतबार, माघ २५ २०७७
5.6K
SHARES

फाईल तस्बिर

लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत चैतदेखि कात्तिकसम्म मात्र २० लाख ६८ हजार इन्टरनेट प्रयोगकर्ता (सब्स्क्राइबर) थपिएका छन् ।

लकडाउनअघि २ करोड १८ लाख ५२ हजार इन्टरनेट सब्स्क्राइबर रहेकामा अहिले २ करोड ३९ लाख २१ हजार पुगेका छन् । गत फागुनसम्म ५० लाख ८२ हजार रहेको तारसहितको (फिक्स लाइन) इन्टरनेट प्रयोगकर्ताको संख्या ६१ लाख १९ हजार पुगेको छ ।

तारसहितको इन्टरनेट प्रयोग गर्नेको संख्या ८ महिनाको अवधिमा १० लाख ३७ हजार बढेको प्राधिकरणले जनाएको छ । फिक्स लाइन इन्टरनेट ग्राहकको संख्या यति छोटो अवधिमा १० लाखभन्दा बढी थपिएको यो पहिलोपटक हो ।

यो अवधिमा रोचक के भएको छ भने करिब ४३ हजारले नेपाल टेलिकमको एडीएसएल प्रविधि छाडेका छन् । फागुनमा ९ लाख ४३ हजार प्रयोगकर्ता रहेको एडीएसएलसँग कात्तिकसम्म ९ लाख मात्र छन् ।

विभिन्न इन्टरनेट सेवा प्रदायकहरुका अनुसार यो अवधिमा ‘फाइबर टु दि होम’ (एफटीटीएच) प्रयोगकर्ता ह्वात्तै बढेका छन् । गत फागुनमा यस्तो सेवा लिनेको संख्या ४१ लाख ३८ हजार थियो, अहिले बढेर ५२ लाख १७ हजार पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा