शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेकपामा प्रवेशको लहर चलेको छ: गोकुल बास्कोटा


  • आइतबार, माघ २५ २०७७
17.7K
SHARES

फाईल तस्बिर

नेकपाका काभ्रेपलाञ्चोकका इन्चार्ज तथा  नेकपाका ओली समुहका नेता गोकुल बस्कोटाले नेकपा प्रबेस गर्नेको लहर चलेको बताएका छन । शनिबार बनेपा नगरको सात नम्बर वडामा ४२ जना लाई पर्टी प्रबेस गराउदै बास्कोटाले उक्त कुरा बताएका हुन ।

बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए ।

बृहत् वडास्तरीय दुवै भेलामा नवप्रवेशीलाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरे ।यस्तै यही माघ १७ गते नेकपाको पनौती नगर कमिटीको बृहत् भेलामा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन नेकपामा प्रवेश गराइएको पार्टीका नगर संयोजक सुरेश हुमागाईँले जानकारी दिए । उक्त कार्यक्रममा बाँस्कोटाले भने, “नेकपामा प्रवेशको लहर चलेको छ ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा