भगवान सूर्य नारायणको ब्रत तथा पुजा गर्नाले धनको बर्षा हुने कुरा हिन्दु धर्मालम्बिको मान्यता रहिआएको छ ।
आईतवारको दिन भगवान सूर्यको पूजा गरिन्छ र उनलाई अर्घ्य दीइन्छ। मान्यत छ कि भगवान सूर्यको कृपा यदि तपाई माथि भएमा तपाईको जीवनको सबै संकट दूर हुन्छ। तर सूर्यलाई अर्घ्य दिनु भन्दा अघि केहि कुराको ध्यान राख्न्न आबश्यक हुन्छ। आ ईतवारकोदिन सूर्य उदाउनु भन्दा पहिलेनै स्नान गरौ।
तयसपश्चात सूर्यानारायणलाई तीन पटक अर्घ्य दिऔ। बेलुकाको समय एक पटक फेरि सूर्य दोवलाई अर्घ्य दिऔ। अब श्रद्धापूर्वक सूर्य मंत्रको जाप गरौ। आईतवारको दिन नुन, तेल खान बाट बचौ। यसको साथै आईतवारको दिन एक पटक फलहार अबश्य गरौ।
शास्त्रानुसार यदि कुनै मनुस्यको कुन्डलिमा सूर्य दोस छ भने आईतवार सूर्यको पुजा गर्दा दोस मुक्त र फलदाई हुन्छ।
सर्बप्रथम प्रात: काल स्नान गरेर स्वछ वस्त्र धारण गरौ, शांतचित्त भएर परमात्मा र सूर्य देवको स्मरण गरौ। एक समय मात्र भोजन गरौ।
भोजन तथा फलाहार सूर्यको प्रकाशमा गरौ यानि कि सुर्यास्त भए पछि नगर्ने। यदि निराहार हुदै सूर्य अस्त भए अर्को दिन सुर्य उदाए भने मात्र सुर्य देवलाई अर्ध्य दिएर मात्र भोजन गर्ने। व्रतमा नमकीन या तेलयुक्त भोजन नगर्ने मान्यता छ ।
सूर्यदेवको आरधना संगै कर्म राम्रो गरेको खण्डमा मान्छेको जिवन सुखि हुने मान्यता छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।