शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रचण्ड समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : ओली


  • शुक्रबार, माघ २३ २०७७
10.7K
SHARES

फईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दाहाल-नेपाल) समूहको आमहड्तालका क्रममा जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको आज नारायणहिटी क्षेत्रमा बृहत् सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  दाहाल–नेपाल समूहका कार्यकर्ताले जलाएको उक्त ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका हुन ।

‘हिजो नेपाल बन्द गरेर तर्साउन खोजियो, ट्याक्सी जलाइयो,’उनले भने,‘धन्न चालक बचे। ट्याक्सीको बिमा गरेको छ होला। क्षतिपूर्ति सरकारले दिन्छ। जनतालाई मन पराउने सरकार छ।’

नेकपाको (प्रचण्ड-नेपाल) समूहका प्रदर्शनकारीहरूले बिहीबार काठमाडौंको सामाखुसीमा प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा