बालबिवाह गरेको आरोपमा दाङ प्रहरीले बेहुलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही ९ बस्ने २८ वसन्त चौधरी रहेको प्रहरीले जनाएको छ ।
चौधरीले केहि दिनअगाडि घोराही १० नारायणपुरकी एक बालिकासँग बाल बिवाह गरेका थिए । बाल बिवाहबारे स्थानीयले उजुरी दिएपछि बेहुला र बेहुलीलाई नियन्त्रणमा लिइएको समाचारमा उल्लेख छ ।
पक्राउ परेका चौधरीले माघ १० गते नारायणपुरबाट बिहे गरेको र माघ २२ गते माइती पक्षले भित्र्याएको प्रहरीलाई बयान दिएका थिए । उनले बेहुलीलाई अभिभावकको जिम्मा लगाएर छाडिएको र बेहुला प्रहरी हिरासतमा रहेको समाचारमा उल्लेख छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।