शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मलेसियाको जेलमा रहेका १८ जना नेपाली स्वदेश आइपुगे, ८० जना अझै जेलमा


  • शुक्रबार, माघ २३ २०७७
12.6K
SHARES

फाईल तस्बिर

वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेर त्यहाँ जेल जीवन विताइरहेका १८ जना नेपाली स्वदेश आइपुगेका छन।

नेपाली दूतावास, एनआरएनए मलेसिया र आइओएमको सहयोगमा उनीहरु नेपाल आइपुगेका हुन। एक साता अघि १२ जना, जनवरी ३० मा १ जना र विहीबार पाँच जना गरी १८ जना नेपाली स्वदेश आइपुगेका हुन।

धेरै लामो पहलपछि बल्ल १८ जना नेपाली घर फर्कन पाएका छन, बाँकीहरुको लागि पनि पहल भईरहेको छ,मलेसियाको विभिन्न जेलमा अझै ८० जना नेपाली छन।

एनआरएन मलेसियाले बाँकी जेलमा रहेका कामदार स्वदश फर्काउन पहल गरेपनि उनीहरु कहिले नेपाल आइपुग्छन भन्ने टुंगो छैन।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा