आम उपभोक्तालाई मार पर्ने गरी खानेतेलको अत्याधिक मुल्य बृदी भएको छ ।मुल्य बृदी भएपनि सरोकार वाला निकाए हरु मौन जस्तै रहेका छन । मुल्यबृदीका कारण सर्बसाधारण मारमा परेका छन ।
गत माघ ६ गते खाने तेलको अत्यधिक मूल्य बढाएको भन्दै वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले दुई उद्योगलाई जरिवाना ग¥यो । विभागले बारास्थित अन्नपूर्ण भेजिटेबल र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी उद्योगलाई ३/३ लाख रुपैयाँ जरिवाना गरेको थियो ।
विभागले उत्पादन लागतको अनुपातमा बढी मूल्य कायम गरी उपभोक्ता संरक्षण ऐन विपरीत खाने तेल बिक्री वितरण गरेको पाइएकाले जरिवानासहित मूल्यवृद्धि सच्याउन पनि निर्देशन दिएको थियो ।
तर, जरिवाना गरेको हप्तौ दीन बितिसक्दा पनि पनि मूल्यमा भने कुनै गिरावट आएको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।