कृषीबिकास बैंकका अध्यक्ष लक्ष्मिप्रपन्न निरौलाले एक टेलिभिजन कार्यक्रमसंग कुरा गर्दै परम्परागत प्रणाली लाई सुधार गर्दै आधुनिक कृषी कर्जाको निति लिने कुरा बताउनु भएको छ ।
उहाले कृषकलाई सहज तरिकाले कर्जा प्रदान गर्दै आधुनिक खेति गर्दै कृषकहरु सम्पन्न हुनुपर्नेमा जोड दिनु भएको छ । सरकारको बजेट तथा कार्यक्रमले कृषकलाई सौलियत दिने कार्यक्रमहरु आएका कारण धेरै लगानि कर्ताहरु कृषीमा लगानि गर्नु पर्छ भन्ने मान्यतामा अएको कुरा उल्लेख गर्दै कृषी क्षेत्र सुधार हुदै आएको कुरा प्रस्ट पार्नु भएको छ ।
यसपटकको बजेट र मौद्रिक नितिले कृषी क्षेत्रमा सकारात्मक संंकेत गरेको उल्लेख गर्दै, नगदे बाली,दग्ध ब्यबसाय किसानका लागि एटीएम मेसिन जस्तो हो,मेसिन अगाडि गएपछी पैसा झिक्न सकिन्छ भन्दै दुग्ध जन्य पदार्थमा लगानि बढाउनु पर्ने र आधुनिक कृषी तर्फ लाग्नु पर्ने कुरा तर्फ जोड दिनु भयो ।
निरौला नेपाल नेपाल राष्ट्र बैंकका पुर्ब कार्यकारी निर्देसक भई सक्नु भएका बैंक तथा बितिए क्षेत्रमा राम्रो दख्खल राख्ने ब्यक्तिका रुपमा चिनिनु हुन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।