शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

ओलीले हिन्दु राष्ट्र र राजतन्त्रका विषयमा बोल्न सक्ने संकेत : प्रचण्ड


  • शुक्रबार, माघ २३ २०७७
14.8K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली विचलित भएको, हिन्दु राष्ट्र र राजतन्त्रका विषयमा बोल्न पनि सक्ने तर्फ संकेत गरेका छन ।

प्रचण्डले एक टेलिभिजन संग कुरा गर्दै प्रस्ट रुपमा नभने पनि संकेतिक भाषा प्रयोग गर्दै जे पनि बोल्न सक्ने भनेका छन । शुक्रबार नेकपा ओली समूहले गरेको आमसभामा ओली सन्किनु भयो भने जे पनि बोल्न सक्ने भन्दै दाहालले ओली विचलित अवस्थामा भएको संकेत गरेका छन।

विभिन्न फण्डाहरु बोल्दै आउनुभएका प्रधानमन्त्री ओली सकारात्मक कुरा गर्नै नसक्ने ठोकुवा गर्दै केही न केही बोल्ने बताउनुभएको हो । ओली समूहको बृहत आमसभा शुक्रबार नारायणहिटी दरबार अगाडि राखिएको छ ।

पछिल्लो समय धर्मप्रति निकै आशक्त देखिएका ओलीले हिन्दु राष्ट्र र राजतन्त्रका विषयमा सांकेतिक रुपमा विभिन्न कामहरु गर्दै आउनु भएको छ कुरा तर्फ प्रचण्डको जोड थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा