नवदुर्गा भन्नाले दुर्गा भगवनी, हिन्दु धर्मावलम्वीहरूकी एक शक्तिस्वरूपा, देवीलाइ बुझिन्छ । महादुर्गा भवानीले सत्ययुगमा महिषाशुर दानव को कुकृत्यबाट मानव जगतलाइ मुक्ति दिलाएको शास्त्रहरूमा उल्लेख छ ।
नवदुर्गा हिन्दु धर्मकी देवी दुर्गाको नौ वटा रूप हो । नवदुर्गामा क्रमशः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री पर्दछन ।
नवदुर्गाको ध्यन गर्नाले सत्रु हरु परास्त भई सम्पुर्ण मनोकामना पुरा हुने बिस्वास गरिन्छ । जसले दुर्गा भवानीका नौ वटा रुप मध्य कुनै एकको उपासना गर्दछ भने, सम्पुर्ण मनोकामना पुरा हुने बिस्वास गरिन्छ । देवी दुर्गाको स्मरण मात्रले पनि सम्पुर्ण दुख नास भएर जाने जन बिस्वास रही आएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।